BBC News, नेपाली - होमपेज
मुख्य समाचार
धेरै भारी वर्षापछि कैयौँ नदीमा जल सतह बढ्यो, सुस्तामा दर्जनौँ घर डुबानमा
डुबानबाट प्रभावित बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्।
ब्याङ्ककमा बाढीका कारण सडक जलमग्न, आपत्काल घोषणा
ब्याङ्कमा ४८ घण्टाको भारी वर्षाले सडकलाई जलमग्न बनाएपछि थाईल्यान्डको राजधानी शहरमा आपत्कालको घोषणा गरिएको छ।
'घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ' : भोटेकोशी-त्रिशूली बाढीपीडितको व्यथा
बाढीपश्चात् अस्थायी संरचनाभित्र कष्टकर जिउन बाध्य भएको भन्दै पीडितहरू पुनर्स्थापना र जीविकोपार्जनका लागि सरकारले चाँडै नीति तयार गरी आवश्यक व्यवस्थापन गरिदिए सहज हुने बताउँछन्।
होर्मुज जलमार्ग एक साताभित्रै खोल्ने गरी अमेरिकालाई इरानको सम्झौता प्रस्ताव
इरानको प्रस्तावबारे जिज्ञासा राख्दा एक अमेरिकी अधिकारीले मध्यस्थकर्ताहरूमार्फत् सकारात्मक वार्ता भइरहेको र परमाणु मुद्दाहरूमाथि छलफल पनि त्यसमा समावेश रहेको बीबीसीलाई बताएका छन्।
नेपाली क्रिकेट टोली समूह विजेता बन्दै एशिअन गेम्सको क्वार्टरफाइनलमा
आइची नागोयामा शनिवार बिहान भएको नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भई १/१ अङ्क बाँडिएपछि नेपाल समूह विजेता पनि बनेको छ।
भोटेकोशी-त्रिशूली बाढीको एक महिनासम्म राहत तथा पुनर्स्थापनाका लागि के भयो, गर्न बाँकी केके रह्यो?
भोटेकोशी-त्रिशूली बाढीपछि अबको चुनौती बाढीका कारण क्षति पुगेका ७,५०० भन्दा बढी घरमा बस्ने मानिसहरूको स्थानान्तरण र प्रभावित करिब ३३,००० मानिसहरूको पुनर्स्थापना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
'अहिलेको मौसमी प्रणालीको प्रभाव आइतवारसम्मै रहने, सोमवारबाट सुधार'
मौसम पूर्वानुमान महाशाखास्थित मौसमविद् रोजन लामिछानेका अनुसार सोमवारदेखि मौसममा क्रमिक रूपमा सुधार आउने पूर्वानुमान छ।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, खानेकुरा कसरी सुरक्षित भण्डारण गर्ने, समयावधि 1,12
खाद्यसामग्री कसरी सुरक्षित राख्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिने भिडिओ।
भिडिओ, बाढीपछिको अवस्थामा डेङ्गीबाट कसरी जोगिने?, समयावधि 1,23
हालैको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा डेङ्गी सङ्क्रमण फैलिने सक्ने भएकाले विज्ञहरूले उक्त रोगबाट जोगिन लामखुट्टे नियन्त्रण गर्ने सल्लाह दिएका छन्।
भिडिओ, विपद्पछि जीवनमा कसरी आशा फर्काउने?, समयावधि 3,28
आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।
भिडिओ, विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?, समयावधि 3,30
कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?
भिडिओ, शोकको सामना कसरी गर्ने?, समयावधि 3,44
जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ - हामी हाम्रो एक अंश र हाम्रो विगत – कतै विलीन भएको महसुस गर्छौँ। त्यस अवस्थामा के गर्ने?
थप समाचार
बीबीसी विशेष
सी जिन्पिङ जसले चीनको शक्तिशाली नेता बन्नुअघि सर्वस्व गुमाएका थिए
चिनियाँ राष्ट्रपति सी जिन्पिङले ११ वर्षपछि संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गर्न लागेका छन्।
भिडिओ, भोटेकोशी-त्रिशूली बाढीबाट नेपालले सिक्नुपर्ने पाठ, समयावधि 6,41
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार १८८ किलोमिटर प्रतिघण्टाको गतिमा बाढी आउनु भनेको ज्यादै बढी हो।
'आजीवन पछुतो': साउदी अरबमा मृत्युदण्डपछि अन्तिम संस्कार गर्न शव नपाउने परिवारहरूको पीडा
विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने तीन देशमध्ये साउदी अरब एक हो। मृत्युदण्ड दिइएकामध्ये ४० प्रतिशतभन्दा बढी विदेशी नागरिक भए पनि शवहरू सामान्यतया तिनका परिवारलाई हस्तान्तरण नगर्ने गरिएको तथ्याङ्कले देखाउँछ।
माओ त्सेतुङको निधन भएको ५० वर्ष भयो, तर जेनजीहरू यी 'शिक्षक'प्रति किन आकर्षित भइरहेका छन्?
माओ त्सेतुङप्रतिको अहिलेका कतिपय चिनियाँ युवाहरूको रुचि उनीहरूका आमाबुवा सुन्दै हुर्किएका सार्वजनिक भाष्यभन्दा पृथक छ।
माटोमा काम गर्दा केही सातामै तपाईँको स्वास्थ्यमा सुधार आउन सक्छ
प्रकृतिसँग लामो समयसम्म वा बारम्बार छालाको सम्पर्क हुँदा हाम्रो छाला र शरीरभित्र भइरहेको प्रक्रियामा उल्लेखनीय परिवर्तन आउन सक्ने सङ्केत गर्छन्।
विज्ञान तथा प्रविधि
विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको 'ठूलो भूमिका', अरू कारण के हुन सक्छन्
नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टानसहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ।
भिडिओ, हिमालहरू कसरी बने? , समयावधि 7,33
हिमालहरू कसरी बने भन्ने तपाईँलाई थाहा छ?
उनीहरू पुराना मिल्ने साथी थिए, डीएनए परीक्षणपछि दिदी-बहिनी पाइए
भारतमा जन्मिएर उमेरले ४० को दशकमा पुगेका दुई महिलालाई शिशु अवस्थामै अलग-अलग परिवारले धर्मपुत्रीका रूपमा अपनाएका थिए।
भिडिओ, अत्यधिक तातो पेयपदार्थ सेवन गर्दा क्यान्सर हुन सक्ने चेतावनी, समयावधि 0,36
वैज्ञानिकहरूले यूकेमा गरेको एउटा अध्ययनमा निकै तातो पेयपदार्थका कारण भोजननलीको क्यान्सर हुने जोखिम बढ्ने देखिएको छ।
भिडिओ, 'मैले आफ्नै प्रेमीलाई चिनिनँ': अरूको अनुहार चिन्न गाह्रो हुने समस्या, समयावधि 1,01
आफूलाई 'प्रोसोप्याग्नोजिआ' अर्थात् 'फेस ब्लाइन्डनेस' भएको निदान भएपछि बीबीसी साइन्सकी प्रस्तोता क्यारोलिन स्टीलले यो आफूले भोगेको समस्याबारे बताएकी छन्।














































